पश्चिमी र स्थानीय वायूको प्रभाव : कस्तो रहला देशभरको मौसम ?

पश्चिमी र स्थानीय वायूको प्रभाव : कस्तो रहला देशभरको मौसम ?

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • पश्चिमी र स्थानीय वायूको प्रभाव : कस्तो रहला देशभरको मौसम ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।  

    images
    images

    साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। 

    हाल गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका लगायत  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

    मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावनाका कारण कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय