बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ ।
लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो ।
२५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथालगायत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर गु्रपकै प्रवन्ध निर्देशक सलिल पनि ग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकिय गन्तब्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहने बताए ।
हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तब्य हाम्रा उच्च स्तरिय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको कुरा उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रवन्ध निर्देशक सौभाग्य महोपत्राले थपे ।
आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो ।
लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरसँग साझेदारी गर्नु स्वाभाविक भएको, उहाँहरुको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले ठया्क्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसार नै मिलेको कुरा बताए ।
हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तब्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ ।
रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला ठूला झया््ल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु हुनेछन् ।
आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।