कम्युनिष्टहरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव

कम्युनिष्टहरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • images
    images
    कम्युनिष्टहरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव
    images
    images

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको बताएका छन् ।

    विहीबार पुस्तक ‘विचार विश्लेषण’को लोकार्पण कार्यक्रममा उनले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम सँधै नकरात्मक नै आएको भन्दै कम्युनिष्टहरूमा विचलन आएको बताए । 

    उनले भने, ‘परिणाम नकरात्मक नै आइरहेको छ । परिणाम जनताले चाहेको जस्तो आएको छैन् । कम्युनिष्टलाई गरेको आशा, भरोसा अनुसार परिणाम आएको छैन् । सरकारमा जाने कम्युनिष्टहरूको पनि विचलन नै देखिरहेको छ । वर्ग, लिङ्ग, सामाजिक दुष्टिकोण सबैमा विचलन देखिएको छ ।’

    यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए । 

    उनले भने, ‘नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार हामी माओवादी नै हौं । किनभने जनताले हामीलाई बन्दुकको लडाइमा पनि साथ दिए । अहिले पनि साथ दिएकै छन् । जनताले माओवादीलाई जस्तो उर्जा दिएको थियो त्यो पचेन । हामीले त्यसको सहि सदुपयोग गर्न सकेनौ । नराम्रो खालको संस्कृती देखापर्यो ।’

    पुँजीवाद हावी भएको बेला पन्छिने होइन, जनताको साथमा उभिएर अगाडि बढ्नुपर्ने ठाँउमा पनि कम्युनिष्टको भूमिका नदेखिएको उनको भनाइ छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com