साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबिच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’का लागि समझदारी

साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबिच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’का लागि समझदारी

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबिच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’का लागि समझदारी

    काठमाडौँ / स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    images
    images

    उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहने व्यक्तिहरूले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् ।

    जसले विश्वभरिमा रहनु हुने छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहनु हुने परिवारलाई  स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन् । 

    सो प्याकेज अन्तर्गत विशेष गरी पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परीक्षणको सुबिधा लिन सक्नेछन्।

    सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका हुन् । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, “विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा On-line बाट खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।” 

    त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले जोड दिए । उनले भने, “हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरूलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय