अमेरिकी डलरको बिक्री मूल्य १३६ रुपैयाँ ९८ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको बिक्री मूल्य १३६ रुपैयाँ ९८ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • images
    images
    अमेरिकी डलरको बिक्री मूल्य १३६ रुपैयाँ ९८ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
     
    त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा निर्धारण भएको छ । 

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८० पैसा रहेको छ । 

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com