काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशभर अधिकतम् र न्यूनतम् तापक्रम बढिरहेको अवस्था छ। साथै, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
बिहीबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
भोलि शुक्रबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भूभागहरूमा अत्याधिक गर्मीको पनि सम्भावना देखिएको छ। त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।
साथै, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।