नेप्से परिसूचक ४.९३ अङ्कले घटेको बजारमा अन्य सेक्टरमा आकर्षण, कति भयो कारोबार ?

नेप्से परिसूचक ४.९३ अङ्कले घटेको बजारमा अन्य सेक्टरमा आकर्षण, कति भयो कारोबार ?

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    नेप्से परिसूचक ४.९३ अङ्कले घटेको बजारमा अन्य सेक्टरमा आकर्षण, कति भयो कारोबार ?
    images
    images

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मङ्गलबार पनि सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ४.९३ अङ्कले घटेर २६९३.३५ बिन्दुमा झरेको छ । मङ्गबार ८६ कम्पनीको मूल्य बढेको छ भने १६० वटाको घटेको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँको कारोबार भएको मा आज घटेर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।

    आज कुल ३१९ धितोपत्रको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ७१ हजार ६९४४ पटकमा खरिद बिक्री भएको छ ।  मङ्गलबार कारोबारमा आएकामध्ये ३ समूहको मात्रै परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

    यस दिन सर्वाधिक बढी अन्य समूहको परिसूचक २.२१ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह १.१८ प्रतिशत र होटल तथा पर्यटन समूह ०.७९ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक बढी लगानी समूह १.८७ प्रतिशत र विकास बैंक १.६१ प्रतिशतले घटेको छ । 

    यसैगरी, वित्त समूह ०.३५ प्रतिशत, निर्जीबन बिमा ०.४१ प्रतिशत, जीवन बिमा ०.२४ प्रतिशत, बैंकिङ समूह ०.७५ प्रतिशत, लघुवित्त ०.३३ प्रतिशत, म्युचुअल फण्ड ०.४० प्रतिशतर हाइड्रोपावर ०.६७ प्रतिशतले घटेको छ । 

    आज कारोबारमा आएकामध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावरको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ । 

    यसअघि बढेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्डको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको छ । 

    यस दिनको कारोबार रकममा ङादी ग्रुप पावरको सर्वाधिक बढी हिस्सा रहेको छ । यो कम्पनीको ४४ करोड ६० लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा हिमालयन पावर पार्टनर लिमिटेडको ४० अर्ब ९४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com