चराङ-छोसेर सडक धमाधम स्तरोन्नति, असारभित्रै सडक हस्तान्तरण गर्ने तयारी

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति, असारभित्रै सडक हस्तान्तरण गर्ने तयारी

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    चराङ-छोसेर सडक धमाधम स्तरोन्नति, असारभित्रै सडक हस्तान्तरण गर्ने तयारी
    images
    images

    मुस्ताङ / उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ-छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। 

    विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन ।

    आर्थिक वर्ष २०७३/७४ मा जोमसोम-कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो । सात खण्डमध्ये जोमसोम-झैते चार खण्ड र झैते-कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो ।

    दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ ।

    तामाङ-गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ-छोसेर सडक स्तरोन्नति गर्न २६ करोड लागतमा ठेक्का लिएको थियो । 

    कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो । काम नगरेपछि पटकपटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ–छोसेर सडक निर्माण सुरु गरेको हो । 

    चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नति भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिए । 

    अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ । सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उनले बताए । 

    सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ-छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गरे। योसँगै जोमसोम-कोरला ११० किमी ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाए ।

    जोमसोम-कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम-कागबेनी १३ किमी दूरीमा कालोपत्र विस्तार गरिसकेको छ । 

    यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ । यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com