निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको निष्कर्ष

निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको निष्कर्ष

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको निष्कर्ष
    images
    images

    काठमाडौँ / कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । 

    बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको बताए । शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भए  पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ । 

    अध्यक्ष शर्माले भने, “परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।” 

    शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन्। माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरूको अडान छ ।

    सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । 

    नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिएका छन् ।

    २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरू शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com