सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभाले केके पारित गर्यो ?

सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभाले केके पारित गर्यो ?

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • images
    images
    सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभाले केके पारित गर्यो ?
    images
    images

    काठमाडौं/  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा यहि शनिबार मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ । 

    साधारण सभाले संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । 

    साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्ता पुँजी ७० करोड ०८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।

    वित्तीय संस्थाको साधारण सभाले पारित गरेकोे वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैँया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराए ।

    एक सय ५५ शाखा रहेको सम्पदा लघुवित्तमा १ लाख ७७ हजार ९ सय २ जना सदस्य रहेका छन् भने ७६ हजार ९ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले साधारण सभामा जानकारी गराएका थिए ।

    सो साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुन कुमार सिं, हरि प्रसाद डुम्रे, जिब मूर्ती पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित हुनु भएको छ । यस्तै सर्वसाधारणका तर्फबाट भेष राज रोकाया र बिनोद तमाङ्ग चयन भएका छन ।


    साधारण सभामा सेयर सदस्यहरूले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा तथा कम्पनी सचिव पवन कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले प्रष्ट पारेका थिए । 

    कार्यक्रममा बन्दीपुर गाउँपालिकाको अध्यक्ष, शेयर सदस्य, तथा पुर्ब सञ्चालकहरुले मन्तव्य राखेका थिए ।

    संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आ.व. २०८१÷२०८२ को लागि लेखा परिक्षकमा बि.पि. एसोशिएटस् एण्ड चार्डड एकाउन्टेन्टस् लाई न्युक्त गरेको छ भने अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नको लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com