नेपाली सेनाले किन गर्छ गोरखा–जितगढी पदयात्रा ?  [ तस्वीहरुसहित ]

नेपाली सेनाले किन गर्छ गोरखा–जितगढी पदयात्रा ?  [ तस्वीहरुसहित ]

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    नेपाली सेनाले किन गर्छ गोरखा–जितगढी पदयात्रा ?  [ तस्वीहरुसहित ]
    images
    images

    नेपालको गौरवपूर्ण इतिहासलाई जीवन्त राख्न आयोजित गोरखा–जितगढी पदयात्रा आज बुटवलस्थित ऐतिहासिक जितगढीमा विशेष समारोहबीच समापन गरिएको छ। 

    २०८१ सालको चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको यस पदयात्रा ११ दिनको यात्रापछि आज २०८२ वैशाख ७ गते समापनमा पुगेको हो।

    पदयात्राको समापन समारोहमा सहभागिहरूलाई जितगढीमा भव्य स्वागत गरिएको थियो। गोरखा दरबारबाट सुरु भएको यस पदयात्रामा नेपाली सेनामा सबैभन्दा पहिला गठन भएका पाँच ऐतिहासिक कम्पनीहरू — श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज — तथा जितगढी युद्धमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ऐतिहासिक पोशाक र परम्परागत बाजागाजासहित रिपुमर्दन गणका टोलीले सहभागिता जनाएका थिए।

    करिब २०७ किलोमिटरको दुरी पार गर्दै गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलमा आइपुगेको पदयात्राले ऐतिहासिक र सांस्कृतिक चेतनालाई पुनर्जीवित गराएको छ। 

    समापन समारोहमा स्थानीय झाँकी, विविध सांस्कृतिक कार्यक्रमहरू र ऐतिहासिक जितगढी विजय उत्सव मनाइएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास जगेर्नाको प्रयासस्वरूप नेपाली सेनाको सहकार्यमा आयोजना गरिएको पदयात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

     

    जितगढी नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–७२) को ऐतिहासिक स्थल हो, जहाँ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वीरताका साथ युद्ध गरी विजय हासिल गरेको थियो।

    बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, उपरथी प्रेमबहादुर पुन, श्री नं. २२ वाहिनी अड्डाका बाहिनीपति, विभिन्न तहका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    sena jitgadhi.jpg

    यो पदयात्रा केवल ऐतिहासिक सम्झनामा मात्र सीमित नभई, राष्ट्रप्रेम, एकता र इतिहासप्रतिको श्रद्धा पुनः जगाउने प्रेरणा बनेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com