हेटौडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने

हेटौडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    हेटौडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने
    images
    images

    मकवानपुर / मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले विहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छन् । 

    प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजिअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुको भनाइ छ ।

    हेटौडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै विहीबार प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हेटौंडा अस्पताल र मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विवाद चर्किदै आएको छ ।  

    प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरू हिरासत भित्रै अनसन बसेका थिए । 

    हिरासतमा रहेका ६ जनाले नै हेटौँडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए । 
     
    सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरूलाई अन्तिम समयमा नियन्त्रणमा लिइएको थियो । 

    २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com