परीक्षा बोर्डले भन्यो : भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ

परीक्षा बोर्डले भन्यो : भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    परीक्षा बोर्डले भन्यो : भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ
    images
    images

    काठमाडौँ / वैशाख ११ गतेबाट सञ्चालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।

    बोर्डले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी वर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सोमार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ ।

    परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । 

    बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ । 

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com