आजदेखि सस्तियो पेट्रोल र डिजेल, प्रतिलिटर कति ?

आजदेखि सस्तियो पेट्रोल र डिजेल, प्रतिलिटर कति ?

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • images
    images
    आजदेखि सस्तियो पेट्रोल र डिजेल, प्रतिलिटर कति ?
    images
    images

    काठमाडौँ / नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मङ्गलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । 

    निगमले घटाएको मूल्य आजै मध्यरातदेखि लागु भइसकेको छ । जसअनुसार पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटेको छ । साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल  र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

    मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १५७ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ । यसैगरी, सुर्खेत र दाङमा पेट्रोलको भाउ प्रतिलिटर १५९ रुपैयाँ र डिजेल÷मट्टितेलको भाउ १४५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ र डिजेल/मट्टितेलको भाउ १४६ रुपैयाँ निर्धारण गरिएको छ । 

    note.JPG

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com