नयाँ वर्षमा केटिएमको अविश्वसनीय अफर-अब केटिएम मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

नयाँ वर्षमा केटिएमको अविश्वसनीय अफर-अब केटिएम मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • नयाँ वर्षमा केटिएमको अविश्वसनीय अफर-अब केटिएम मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

    काठमाडौँ / नयाँ वर्षको अवसरमा  मोटरसाइकल पारखीहरूका लागि केटिएमले विशेष अफर सार्वजनिक गरेको छ।कम्पनीले ल्याएको सो अफरअन्तर्गत अब केटिएम मोटरसाइकल किन्न नागरिकता मात्रै भए पुग्नेछ । मोटरसाइकल खरिद प्रक्रिया झनै सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित कम्पनीले सो अफर ल्याएको हो।

    images
    images

    मोटरसाइकल किन्न झन सजिलो 

    नयाँ बर्षको अवसरमा केटिएमले मोटरसाइकल खरिद प्रक्रिया सहज बनाएको छ । कम्पनीले आकर्षक इएमई सुविधा लिएको छ । मोटरसाइकल किन्ने ग्राहकले ३६ महिनासम्म सजिलो इएमआई सुविधा प्राप्त गर्नेछन् । 

    मोटरसाइकल किन्न कम लागत भए पनि पुग्छ । ४० प्रतिशत डाउन पेमन्टमै केटिएम बाइक घरमा लान सकिनेछ । 

    त्यस्तै, कम्पनीले आकर्षक एक्सचेञ्ज अफरसमेत ल्याएको छ । कुनै पनि बाइक एक्सचेञ्ज गर्दा थप १५ हजार मूल्यमा एक्सचेञ्ज गर्न सकिनेछ । 

    त्यस्तै, सो अफरअन्तर्गत विशेष बोनसको सुविधासमेत ल्याइएको छ । हरेक खरिदमा नयाँ ब्ष्चयज हेल्मेट र केटिएम प्रिमियम गिफ्ट प्याकसमेत उपहारमा पाइनेछ । 

    हरेक राइडरका लागि केटिएम 

    सबैका लागि केटिएम नेपालले अफर सार्वजनिक गर्दै दैनिक प्रयोगकर्तादेखि एड्भेन्चर प्रेमीहरूसम्मका लागि उपयुक्त मोडलहरू उपलब्ध गराएको जानकारी दिएको छ। 

    उच्च प्रदर्शन, स्टाइलिश डिजाइन र विश्वसनीय ब्रान्डको रूपमा परिचित केटिएम अब सीमित अवधिका लागि झन् सजिलै खरिद गर्न सकिने भएको हो। नेपालभर लागू यो विशेष अफर नेपालभरका सबै अधिकृत केटिएम सोरुमहरूमा उपलब्ध हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय