पश्चिमी र स्थानीय वायुको प्रभाव : आज र भोलि कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

पश्चिमी र स्थानीय वायुको प्रभाव : आज र भोलि कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : आज र भोलि कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

    images
    images

    आज बैशाख १ गते सोमबार कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

    कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

    कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र  बाँकी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

    कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन, चट्याङ्ग, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय