दुई पक्ष बिचको झडपले तनावग्रस्त वीरगञ्ज, कर्फ्यू आदेश जारी

दुई पक्ष बिचको झडपले तनावग्रस्त वीरगञ्ज, कर्फ्यू आदेश जारी

शनिवार, चैत ३० २०८१
शनिवार, चैत ३० २०८१
  • दुई पक्ष बिचको झडपले तनावग्रस्त वीरगञ्ज, कर्फ्यू आदेश जारी

    रौतहट / पर्साको वीरगञ्जमा दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । 

    images
    images

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा आज साँझ ६ः३० बजे देखि भोलि दिनको १२ बजे सम्म रहने उल्लेख छ । पूर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरेको छ । 

    सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरि कर्फ्यू आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए ।

    उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि झडप भएको हो ।

    उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबिच झडपमा भएको बताइएको छ । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय