आजको मौसम : कोशी, मधेश र बागमती प्रदेशमा भारी बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

आजको मौसम : कोशी, मधेश र बागमती प्रदेशमा भारी बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • आजको मौसम : कोशी, मधेश र बागमती प्रदेशमा भारी बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

    images
    images

    देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमिक रूपमा कम हुने देखिन्छ ।

    मेघगर्जन/चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय