images
Logo
images

सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर, विशेष छुट र आकर्षक उपहार

सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर, विशेष छुट र आकर्षक उपहार

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर, विशेष छुट र आकर्षक उपहार

    काठमाडौँ / नेपालमा नयाँ वर्ष वि.सं. २०८२को आगमनसँगै, सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ ।

    images
    images

    आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरूलगायत आफ्नो अप्लाएन्सहरूमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ ।

    स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने सामसुङले जनाएको छ । 

    “तपाईँको घरका टिभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ,” कम्पनीले भनेको छ ।  

    सो अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ । 

    साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च UA65DU7700RSHE, ६५ इन्च UA85BU8000RXHE, ८५ इन्च UA85BU8000RXHE वा ८५ इन्च UA85CU8000RSHE मोडेलका युएचडी टिभीको  खरिद गर्दा ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ ।

    यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ ।

    त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वासिङ मेसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ । 

    साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा तपाईँको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।

    हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् ।  

    निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर www.arkostore.com बाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ ।

    आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय