सरकारले सोमबार गरेका १३ निर्णयहरू केके हुन् ?

सरकारले सोमबार गरेका १३ निर्णयहरू केके हुन् ?

सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ ।

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • images
    images
    सरकारले सोमबार गरेका १३ निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ / मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १३ निर्णय गरेको छ । बैठकले आइतबार निधन भएका बरिष्ठ पत्रकार भैरव रिसालप्रति श्रद्धाञ्जली व्यक्ति गर्नेदेखि नागरिक एपसम्बन्धी निर्देशका खारेज गर्नेसम्मका निर्णयहरू गरेको छ । 

    सरकारले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र सो टोलीलाई वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, आगामी वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने 18th South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिवलाई पठाउने भएको छ । 

    बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव प्रा. राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ । 

    यसैगरी, सरकारले नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।  

    रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू.फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने सरकारको निर्णय छ । 

    सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ । 

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com