राजाको पालामा मात्रै देश विकास भएको ज्ञानेन्द्र शाहीको दाबी, विश्व, गगन र बाबुरामलाई दिए चेतावनी

राजाको पालामा मात्रै देश विकास भएको ज्ञानेन्द्र शाहीको दाबी, विश्व, गगन र बाबुरामलाई दिए चेतावनी

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • images
    images
    राजाको पालामा मात्रै देश विकास भएको ज्ञानेन्द्र शाहीको दाबी, विश्व, गगन र बाबुरामलाई दिए चेतावनी
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरूलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरूलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् ।

    मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरूमाथि प्रश्न समेत गरे । 

    सांसद शाहीले कांगे्रसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले देशमा भएका विश्वविद्यालयहरू राजाको कार्यकालमा बनेको दाबी गरे । 

    उनले भने,“२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरूले बनाएको हो ? खुवै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरू । आज यहीबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भटट्राईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झुटो कुरा गर्ने ?”

    सांसद शाहीले थप भने “देशमा एउटा अस्पताल छैन । एउटा विद्यालय बनाउनु छैन । एउटा उद्योग कलकारखाना बनाउनु छैन । पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङ्गा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।” 

    उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने, “यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद् भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com