अधिकृतको कार्यकक्षमा ताला लगाएर बेपत्ता भएका मेयर बालेनलाई उपेयर सुनिताको चेतावनी

अधिकृतको कार्यकक्षमा ताला लगाएर बेपत्ता भएका मेयर बालेनलाई उपेयर सुनिताको चेतावनी

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • images
    images
    अधिकृतको कार्यकक्षमा ताला लगाएर बेपत्ता भएका मेयर बालेनलाई उपेयर  सुनिताको चेतावनी
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको चर्को आलोचना गरेकी छन् । उनले आफू हरेक घटनाक्रमबारे जानकार रहेको भन्दै मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिएकी छन् ।

    उनले भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन ।”

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ साढे तीन महिनापछि आज जिम्मेवारी सम्हाल्न पुगेका थिए । मेयर शाह भने उनको कार्यकक्षमा ताला लगाएर चाबी बोकेर बेपत्ता भएका थिए । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । मन्त्रालयको पत्रपछि गुरागाईँ बिहीबार महानगरपालिका पुगेका थिए । 

    मेयर शाहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं उपमेयर डंगाललगायत जनप्रतिनिधहरूको सहययायो कार्यालय प्रवेश गरेका थिए । 

    उनलाई उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत समेत गरेका थिए । 
    तर, कार्यकक्षको चाबी नभएपछि उनी केही बेर बाहिर बसेका थिए । 

    बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू, महानगरका प्रवक्ता नवीन मानन्धरले पनि मेयर वालेनको कार्यशैलीको आलोचना गरे । उपमेयर डंगोलले भनिन्, “मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ । उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।”

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ दोषी प्रमाणित भएमा आफू कारवाही गर्न तयार रहेको उनको भनाइ छ ।  

    गुरागाईँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले थपिन, “हजारौँ कर्मचारी र लाखौँ काठमाडौँवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।”
    महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने उनले बताइन् । 

    नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर शाहको आदेशमा ताला लगाएको जवाफ दिएका थिए । गुरागाईँ भने ताला फोडेर कार्यकक्षमा पुगेका छन् । उनले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिरीसमेत गरे । 

    कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिष्ट्रर मेयर बालेन शाहले राखेपछि उनले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिरी गरेका हुन् । 

    यसअघि मेयर शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com