दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने

दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने

बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • images
    images
    दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने
    images
    images

    काठमाडौँ / ‘दुश्मन हेरेको हेर्यौ’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’  र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै छ । 

    यही वैशाख १८, २०८२ मा हायात ग्राउन्ड बौद्ध मा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ।

    आयोजक ट्राइएङल इन्क सँग साझेदारी गर्दै खल्ती र आइएमई पेुले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । 

    एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुति का लागि परिचित छन् जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरू बताउँछन्। थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

    यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् “अनेकौँ राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारका कन्सर्ट पछि अहिलेका लोकप्रिय कलाकार दुर्गेश थापाको यस सो’मा टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ। खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्यलाई यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ  र यस प्रस्तुतिमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com