लुटपाटमा संलग्न प्रदर्शनकारीको प्रतिकार गर्ने भाटभटेनीका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित

लुटपाटमा संलग्न प्रदर्शनकारीको प्रतिकार गर्ने भाटभटेनीका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित

बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • लुटपाटमा संलग्न प्रदर्शनकारीको प्रतिकार गर्ने भाटभटेनीका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित

    काठमाडौँ / शुक्रबार कोटेश्वरस्थित भाटभटेनीमा राजावादी प्रदर्शनकारीहरूले लुटपाटको प्रतिकार गर्ने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली सम्मानित भएका छन् । भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् ।

    images
    images

    लुटपाटमा संलग्न प्रदर्शनकारीविरुद्ध साहसिक प्रदर्शन गरेको भन्दै सुरक्षा गार्ड पराजुलीको चौतर्फी प्रशंसा भइरहेको छ । यस्तैमा भाटभटेनी सुपरमार्केटले बुधबार एक समारोहमार्फत उनलाई ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो।

    News.JPG

    उक्त कार्यक्रमका भाटभटेनीले अन्य कर्मचारी तथा सुरक्षा गार्डहरूलाई पनि सम्मान गरेको छ । भाटभटेनीले एक जनालाई ५१ हजार रुपैयाँ र शुक्रबार ड्युटीमा खटिएका अर्का थप दुई जनालाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । 

    krishna parajuli bhabhateni gard.JPG

    भाटभटेनीका सिइओ राजु पौडेलले सो अवसरमा तोडफोड तथा लुटपाट भइरहेको समयमा आफ्नो कर्तव्य पूरा गर्दै  अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीको मनोबल उच्च बनाउन उक्त सम्मान गरिएको बताए । 

    शुक्रबार भएको सो घटनाका भाटभटेनीको करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । उक्त घटनाको भोलिपल्ट देखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय