रुपन्देहीमा घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक नियन्त्रणमा

रुपन्देहीमा घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक नियन्त्रणमा

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • रुपन्देहीमा घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक नियन्त्रणमा

    रुपन्देही प्रहरी चौकी हाटी बनगाई, दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा घुस रकमसहित नियन्त्रणमा लिइएका छन्।

    images
    images

    भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

    अख्तियारको टोलीले सेवाग्राहीसँग ३०,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा नायब निरीक्षक खड्कालाई मायादेवी गाउँपालिका–६ बाट पक्राउ गरेको जनाएको छ।

    उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

    अख्तियारको सक्रियता बढ्दै

    हालैको समयदेखि अख्तियारले भन्सार छल्नेदेखि सरकारी सेवामा भ्रष्टाचार गर्ने कर्मचारीमाथि निगरानी बढाउँदै कारबाहीको प्रक्रिया तीव्र बनाएको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय