नेप्से परिसूचक ४१ अङ्कले बढ्यो, व्यापारमा झुम्मिए लगानीकर्ता, कतिको भयो कारोबार ?

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो, व्यापारमा झुम्मिए लगानीकर्ता, कतिको भयो कारोबार ?

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • images
    images
    नेप्से परिसूचक ४१ अङ्कले बढ्यो, व्यापारमा झुम्मिए लगानीकर्ता, कतिको भयो कारोबार ?
    images
    images

    काठमाडौँ / यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.४३ अङ्कले बढेर २ हजार ६ सय ६३.३० को विन्दुमा कायम भएको हो । यो १.५८ प्रतिशतको वृद्धि हो ।

    आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी ६.९ प्रतिशतले बढेको छ । बैंकिङ ०.९०, विकास बैँक १.१०, वित्त १.३०, होटल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९ र लगानी समूह २.२० प्रतिशतले बढेको छ ।

    त्यस्तै जीवन बिमा १.७१, उत्पादन तथा प्रशोधन २.९२, लघुवित्त २.२२, म्युचुअल फण्ड ०.३७, निर्जीवन बिमा ०.८५ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य १.८२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com