नेपाल टेलिकम एसईई अफर : २० रुपैयाँमा सिमकार्ड, अरु केके पाइन्छ ?

नेपाल टेलिकम एसईई अफर : २० रुपैयाँमा सिमकार्ड, अरु केके पाइन्छ ?

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • नेपाल टेलिकम एसईई अफर : २० रुपैयाँमा सिमकार्ड, अरु केके पाइन्छ ?

    काठमाडौं/ नेपाल टेलिकमले  २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध  गराइएको प्रवक्ता हरि ढकालले बताएका छन् । 

    images
    images

    यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउन लागेको हो । 

    त्यसमा बोनस अन रिचार्ज (Bonus On Recharge) पनि उपलब्ध गराएको छ । 

    एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । 

    सिमकार्ड Activate गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । 

    विज्ञप्तिका अनुसार पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ। 

    नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । 

    यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने चभकयगचअभ सोही दिनका लागि मात्र कायम रहनेछ।

    सिम किन्न केके कागजात चाहिन्छ ?
     
    नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र -Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी  परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

     

    यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा  पाइन्छ । 

    नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न  र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । 
    रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु  पर्ने प्रवक्तान हरि ढकालले बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय