ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ / ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपिओ मंगलबार बिहान बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाँट भएको हो।

    images
    images

    कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए। 

    जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको र बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आइपिओ बाँडफाँट गरिएको थियो। 

    जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय