हेटौँडा सिमेन्ट उद्योगको मर्मत सम्भार सकियो, अब कहिलेदेखि हुन्छ सञ्चालन ?

हेटौँडा सिमेन्ट उद्योगको मर्मत सम्भार सकियो, अब कहिलेदेखि हुन्छ सञ्चालन ?

उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि काम पाएका छैनन् भने तलब भत्ता पनि पाउन सकेका छैनन् ।

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • हेटौँडा सिमेन्ट उद्योगको मर्मत सम्भार सकियो, अब कहिलेदेखि हुन्छ सञ्चालन ?

    मकवानपुर / लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने जनाएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नविनकुमार कर्णले बताए । 

    images
    images

    “उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो”, निमित्त महाप्रबन्धक कर्णले भने, “स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।” 

    यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ । “अहिले हामीसँग करिब एक सय टन कोइला छ”, निमित्त महाप्रबन्धक कर्णको दाबी छ, “अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।” 

    कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए । उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । 

    “उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ”, उनले भने, “प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।” 

    उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । 

    उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएको भन्दै हालसम्म उत्पादन बन्द छ । उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता, इन्धन खर्च र समान्य मर्मत खर्च भने बढिरहेको उनले बताए । 
         
    उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । 

    वि.सं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । प्राविधिकहरूका अनुसार अहिले उद्योगको उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा छैन । 

    एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । 

    दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ । समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्य सकिएको र कच्चा पदार्थ पनि भएकोले सिमेन्ट उत्पादन सुरु गर्ने उद्योगको तयारी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय