कर्णाली प्रदेशको नाकामा डिजिटल ट्रयाक, अपराध अनुसन्धानमा सहयोग पुग्ने

कर्णाली प्रदेशको नाकामा डिजिटल ट्रयाक, अपराध अनुसन्धानमा सहयोग पुग्ने

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • कर्णाली प्रदेशको नाकामा डिजिटल ट्रयाक, अपराध अनुसन्धानमा सहयोग पुग्ने

    सुर्खेत / कर्णाली प्रदेशमा भित्रिने र बाहिरिने सवारीको डिजिटल ट्रयाक गर्न सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको लागतमा कर्णाली भित्रिने सबै भन्दा ठुलो नाका बबइमा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रणालीको स्थापना गरिए पछि कर्णाली प्रदेश भित्रिने सबै सवारी साधनको स्वचालित रूपमा निगरानी गरिने भएको हो ।

    images
    images

    कर्णाली प्रदेश भित्रिने नाका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५, बबईमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधि (डिजिटल चेक प्वाइन्ट) जडान गरेपछि प्रदेशमा भित्रिने सबै गाडीको निगरानी हुने भएको हो । उक्त नाकाबाट दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् ।

    प्रदेश सरकारको करिब १० लाख रुपियाँको लागतमा बबईमा दुई वटा अत्याधुनिक क्यामरा, डिस्प्ले जडान गरिएको छ । 

    उक्त प्रविधिले स्वचालित रूपमा गाडीहरूको नम्बर, रङ, भित्रिएको वा बाहिरिएको समय खिच्ने छ । अब उक्त नाकाबाट कति सवारीसाधन भित्रिए वा बाहिरिए भनेर तथ्याङ्क राख्न सहज हुनेछ भने प्रहरीलाई अपराध अनुसन्धानमा पनि सहयोग पुग्ने जनाइएको छ ।

    प्रविधिको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले जडान गरिएको प्रविधिको दीर्घकालीन सदुपयोग गर्न सुझाव दिए । उनले यसबाट यातायात व्यवसायी नतर्सन आग्रह गर्दै यसले कर्णालीमा भित्रिने र बाहिरिने सवारीसाधनको तथ्याङ्क राख्न मिल्ने बताएका छन् । नाकामा स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधि जडान गरिएपछि यसको प्रभावका आधारमा अन्यत्र पनि जडान गर्दै जाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री कँडेलले बताए ।

    कर्णाली प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव श्रेष्ठले नाकामा डिजिटल चेक प्वाइन्टले गाडीको नम्बर, रङ र समयको रेकड राख्ने हुँदा अवाञ्छित घटनालाई न्यूनीकरण गर्न सघाउने बताए । उनले यसबाट अपराध अनुसन्धानमा सहयोग पुग्नुका साथै जाँच कार्यलाई पनि छिटोछरितो बनाउने उल्लेख गरे । 

    प्रदेश नाकाका साथै अन्य जिल्ला भित्रिने नाकामा पनि यस्तो प्रविधि जडान गर्न सकिने भएकाले प्रहरीले गुरुयोजना बनाएर गृहकार्य थाल्ने उनले जानकारी दिए । यो प्रविधिले इम्बोस्ड नम्बर भएका गाडीको ९९ प्रतिशत र अन्य पुराना प्रविधिको नम्बर भएको गाडीको ८५ प्रतिशत रेकर्ड राख्न सक्ने उनको भनाइ छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले कुनै अपराध गरी भागेका गाडी यस प्रविधिले रेकर्ड राख्दा प्रहरीलाई सहयोग पुग्नुका साथै शान्ति सुरक्षा कायम राख्न पनि सहज बनाउने बताए । 

    साथै अभिलेख राख्न र ट्राफिक प्रहरीसँग हुने अनावश्यक कुराकानीलाई पनि यस प्रविधिले घटाउने उनको भनाइ छ । उक्त प्रवधि सुर्खेतस्थित क्विक कम्प्युटर सोलुसनले १५ दिन लगाएर जडान गरेको हो ।

    सोलुसनका सञ्चालक धर्म भण्डारीले सो क्यामराले २० मिटरसम्मको दुरी खिच्न सक्ने जानकारी दिँदै २० टेराबाइट क्षमताको भएकाले गाडीको नम्बर प्रस्टसँग रेकर्ड राख्न सक्ने बताए । उनका अनुसार रेकर्ड भएका सामग्री पाँच महिनासम्म हेर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय