२५ करोडको मालिक पत्ता नलाग्ला र ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ : सांसद् मनिष झा

२५ करोडको मालिक पत्ता नलाग्ला र ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ : सांसद् मनिष झा

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • images
    images
    २५ करोडको मालिक पत्ता नलाग्ला र ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ : सांसद् मनिष झा
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले केही दिनअघि काठमाडौँको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् । 

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको बताएका हुन् । 

    उनले भने, “२५ करोड रुपैयाँ टोखामा समातियो । विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं । ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो । कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन । यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ । यसरी नै सधैँ भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ ?”

    साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे । उनले यो घटनामा सम्बन्धित रहेकाहरूलाई कडा कारवाही गर्नको लागि समेत अनुरोध गरे ।

    उनले भने, “सिरहामा जुन घटना भयो एउटा दलितको घर भत्काएर महायज्ञको तयारीको घोर भत्र्सना गर्न चाहन्छु । सम्बन्धित साझेदारहरूलाई र निकायहरूलाई यसमा कडा कारवाही गर्नको लागि अनुरोध गर्दछु ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com