पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरूको मुटु-कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरूको मुटु-कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • images
    images
    पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरूको मुटु-कलेजो हल्लियो : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरूले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् ।

    उनले भने “राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो । कसैका विरूद्धको आन्दोलनमा होइन । स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरूको विरूद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसद्मा आवाज उठाइदा विचार पुर्याइयोस् ।”

    साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com