गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदको माग

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदको माग

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । 

    images
    images

    बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले, उपभोग्य वस्तुहरु कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । 

    सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्ने बताइन् । सांसद गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारसँग माग गरन्। 

    उनले अहिले शिक्षकहरू आन्दोलनमा छन, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई काममा फर्काउन अनुरोध गरिन्। 

    शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा समेत उनले जोड दिइन् ।

    सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    उनले, उदयपुर सिमेन्ट कारखानाको पाँच अर्ब दायित्व सरकारले भुक्तान गर्न नसकिरहेको, कच्चा पदार्थ खरिद गर्न बजेट नभएको, तीन सयभन्दा बढी कर्मचारीले तलब नपाएको विषय सम्बोधन गरि उद्योग सञ्चालन गर्न माग गरे । 

    सांसद जगप्रसाद शर्माले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा विगत एक वर्षदेखि बेपत्ता भएकी दाङकी लिला श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे । सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय