कोशी, मधेश र बागमती प्रदेशमा बर्षा र हावाहुरीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

कोशी, मधेश र बागमती प्रदेशमा बर्षा र हावाहुरीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • कोशी, मधेश र बागमती प्रदेशमा बर्षा र हावाहुरीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

    images
    images

    मङ्गलबार देशभर आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । बुधबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। 

    गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    साथै अपरान्हको समयमा कोशी प्रदेश र  मधेश प्रदेशका थोरै  स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय