ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, एकअर्कालाई दिए खुलम्खुल्ला चुनौति

ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, एकअर्कालाई दिए खुलम्खुल्ला चुनौति

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, एकअर्कालाई दिए खुलम्खुल्ला चुनौति

    काठमाडौँ / नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् । 

    images
    images

    प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

    उनले भने, “नेपाल दक्षिण एशियामा गरिब छ । राजाको पालामा पनि त झन गरिब थियो । तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।”

    साथै उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए. । राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ ।

    उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्ड पनि याद गराए । उनले भने, “सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन् । त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो ।

    यसैगरी उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्योभने मात्र राजनीति टिकाउ हुने बताए ।

    उनले भने, “राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्यो भने राजनीति टिकाउ हुन्छ । भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला । तर सधैँ अलमलमा पार्न सकिँदैन । अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय