आज चापीय प्रणालीको प्रभावले पहाडी भूभागमा बर्षा गराउने, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज चापीय प्रणालीको प्रभावले पहाडी भूभागमा बर्षा गराउने, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ?

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    आज चापीय प्रणालीको प्रभावले पहाडी भूभागमा बर्षा गराउने, शनिबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र विहानपख तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com