हरेक बर्ष फागुन २० गते किन बन्द हुन्छ कालीमाटी फलफूल तथा तरकारी बजार ?

हरेक बर्ष फागुन २० गते किन बन्द हुन्छ कालीमाटी फलफूल तथा तरकारी बजार ?

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • हरेक बर्ष फागुन २० गते किन बन्द हुन्छ कालीमाटी फलफूल तथा तरकारी बजार ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अर्थात फागुन २० गते बजार बन्द रहने जानकारी दिएको छ । समितिले आज कुनै पनि कारोबार नहुने भएकोले मूल्यसूचीसमेत प्रकाशित गरेको छैन । 

    images
    images

    २०६८ फागुन २० गते कालीमाटी तरकारी बजारमा भएको भीषण आगलागीपछि यही दिनलाई कालो दिन मानेर हरेक वर्ष फागुन २० गते बजार बन्द गरिँदै आएको छ । 
    बजारको बहुउद्देश्यीय भवनमा भएको आगलागीमा परी गोदाममा भएका तरकारी, मसलाजन्य वस्तु नष्ट भएको थियो । 

    उक्त भीषण आगोमा परी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हीराबहादुर पुन, उनका तीन छोराछोरी, धादिङका पुजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो । 

    सुरक्षागार्ड हीराबहादुरकी श्रीमती हिक्का पुनसहित बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ घाइते भएका थिए । आगोमा जलेर मृत्यु भएको व्यक्तिहरुको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । आगोमा परेर एउटा कुकुर समेत मरेको थियो।

    बजारमा राति करिब १० बजेर १५ मिनेट जाँदा आगो लागेको थियो। लोडसेडिङका कारण राति १० बजे मात्रै बात्ति आएको र अचानक बिजुलीको तार सर्ट हुँदा आगो लागेको हुनक्ने अनुमान गरिएको थियो । 

    गोदाममा प्लास्टिकका सामान, बाँसका सामाग्री, जुटका बोरा, तेल, घ्यू जस्ता सामान भएकोले आगो दन्किएको थियो ।

    kalimati fire.JPG

    तत्कालिन समयमा एउटै व्यक्तिको लाखौ रुपैयाँबराबरको सामान नष्ट भएको थियो। तीन सय तरकारी पुसल खरानी भएको थियो भने दाल, सिमी जस्ता सामानको गोदाम भएकोले आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो। 

    आगो लागेको भोलिपल्ट ८ ओटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । भवनमा समितिले हरेक वर्ष फागुन २० गते मृतआत्माको चीरशान्तिको कामना गर्दै पुजापाठ, रुद्रीपाठ गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय