वीरगञ्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६८ करोडबढीको धान–चामल भित्रियो

वीरगञ्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६८ करोडबढीको धान–चामल भित्रियो

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    वीरगञ्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६८ करोडबढीको धान–चामल भित्रियो
    images
    images

    पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख ८ हजार २२९ किलोग्राम धान आयात भएको छ । 

    गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड रुपैयाँ मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए। 

    “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।” कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । 

    चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड रुपैयाँ मूल्यको १ करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।
     
    जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा २ अर्ब ९६ करोड रुपैयाँ मूल्यको पाँच करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ ।

    जबकि गत आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो । 

    गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com