सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण मिति तय, बुक क्लोज कहिले ?

सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण मिति तय, बुक क्लोज कहिले ?

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण मिति तय, बुक क्लोज कहिले ?

    काठमाडौँ / सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको ११६औँ बैककले ८औँ बार्षिक साधारण समिति चैत १५ गते शुक्रबार बिहान ११ बजे आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौँमा बोलाउने निर्णय गरेको हो । 

    images
    images

    उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) फागुन २८ गते बन्द गर्ने निर्णय गरेको छ । 

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    फागुन ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय