प्याप्सनको कार्यक्रममा पुगेर गृहमन्त्रीले भने – निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन

प्याप्सनको कार्यक्रममा पुगेर गृहमन्त्रीले भने – निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • प्याप्सनको कार्यक्रममा पुगेर गृहमन्त्रीले भने – निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन

    काठमाडौँ /  गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताएका छन् । 

    images
    images

    शुक्रवार प्याप्सनको आठौँ राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उनले निजी विद्यालयहरूलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरूको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताएका हुन् । 

    उनले भने,“सरकार आफ्नो धारणा नीतिगत रूपमा स्पष्ट पारेको छ । हरेक कुरा पारदर्शी गराएको छ । मैले पटक पटक भनेको छु, निजी या आवसीय विद्यालयहरूको स्थापनाले सार्वजनिक अथवा सामाजिक विद्यालयको गुणस्तर घटाएको होइन । निजी या आवसीय विद्यालयलाई समाप्त गरिदियो भने सार्वजनिक विद्यालयहरूको स्तर सुध्रिन्छ भन्ने होइन ।” 

    गृहमन्त्री लेखकले थप भने, “सरकारले सामूदायिक विद्यालय सञ्चालन गर्ने, निःशुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ । तर निजी र आवसीय विद्यालयहरूलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ । त्यो विल्कुल बेठिक छ ।”

    उनले निजी र आवसीय विद्यालयहरूको देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै शिक्षको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका रहेको बताए । 

    यस्तै उक्त्त समारोहमा बोल्दै रास्वपाका सांसद हरी ढकालले अनावश्यक दलीयकरण शिक्षा क्षेत्रको महारोग भएको बताए । यस्तैगरी, कार्यक्रममा नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपालको संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि त्यो पुरा गर्न चुनौति रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय