प्रधानमन्त्री ओलीलाई सांसद् हरि ढकालको कटाक्ष : ‘म भ्रष्ट्रचार गर्दिनँ र गर्न दिन्नँ’ भन्न सुहाउँदैन

प्रधानमन्त्री ओलीलाई सांसद् हरि ढकालको कटाक्ष : ‘म भ्रष्ट्रचार गर्दिनँ र गर्न दिन्नँ’ भन्न सुहाउँदैन

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    प्रधानमन्त्री ओलीलाई सांसद् हरि ढकालको कटाक्ष : ‘म भ्रष्ट्रचार गर्दिनँ र गर्न दिन्नँ’ भन्न सुहाउँदैन
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचार विरुद्ध बोल्दा युवाहरूलाई समात्ने भन्दै कटाक्ष गरेका हुन् । 

    उनले भने, “डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्रीज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया । युवाहरूले सुशासनको लागि भ्रष्ट्रचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाट्स लेख्दा च्याप्पै समात्ने ।”

    उनले प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए । 

    उनले भने, “सम्मानीय प्रधानमन्त्रीज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्रचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ । म यहाँ केही तथ्याङ्क प्रस्तुत गर्छु भ्रष्ट्रचार अवधारणा सूचाङक २०२३ सार्वजनिक गरेको छ ट्रास्फरेन्सि  इन्टरनेस्नलले, त्यसका १८० देशहरुको तथ्याङ्क छन् । डेनमार्क ९० अंकले भ्रष्ट्रचार कम गर्ने देश बनेको छ । हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औसत अंक पनि छैन यो वर्षमा, यो सरकार सञ्चालकको थियो सभामुख महोदय भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त । भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउँदैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com