बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
    images
    images

    काठमाडौँ / बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा  शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले ओझासहित पूर्व सचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

    सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ३३ बर्षिय ओझा प्राधिकरणको अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् ।

    यसअघि प्राधिकरण अध्यक्ष रहेका सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए। सिलवाल निलम्बनमा परेपछि रिक्त रहेको प्राधिकरण अध्यक्ष पदमा सरकारले शरद ओझालाई नियुक्त गरेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com