पाथीभरा केवलकार विवादबारे सुमनाले भनिन् “भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ”

पाथीभरा केवलकार विवादबारे सुमनाले भनिन् “भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ”

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • पाथीभरा केवलकार विवादबारे सुमनाले भनिन् “भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ”

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । 

    images
    images

    आइतवार संघीय ससद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नुपर्ने बताएकी हुन् । 

    उनले भनिन्, “ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरूको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।”

    उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिकर्मीहरूले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय