कालिज फार्ममा पसेको चितुवालाई स्ट्रेचरमा निकालियो, ल्याइयो काठमाडौँ

कालिज फार्ममा पसेको चितुवालाई स्ट्रेचरमा निकालियो, ल्याइयो काठमाडौँ

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • images
    images
    कालिज फार्ममा पसेको चितुवालाई स्ट्रेचरमा निकालियो, ल्याइयो काठमाडौँ
    images
    images

    रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको छ ।
    सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौँ लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । 

    सोमबार वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्मभित्र छिरेको थियो । 

    कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरू त्रसित भएका थिए । चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिएपछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए ।  

    कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमबार काठमाडौँबाट गएको वन विभागको प्राविधिकसहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको थियो । 

    नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए । चितुवालाई सोमबार साँझ काठमाडौँ ल्याइएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com