प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् साथै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय