सोमबारको राशीफल : धनलाभ र कार्य सम्पादनमा आज कुन कुन राशीलाई हुनेछ फाइदै फाइदा ?

सोमबारको राशीफल : धनलाभ र कार्य सम्पादनमा आज कुन कुन राशीलाई हुनेछ फाइदै फाइदा ?

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • images
    images
    सोमबारको राशीफल : धनलाभ र कार्य सम्पादनमा आज कुन कुन राशीलाई हुनेछ फाइदै फाइदा ?
    images
    images

    आज विक्रम संवत २०८१ साल माघ २१ गते, सोमबार । ईश्वी सन् २०२५ फेव्रुवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि– पंचमी, ७ घडी ४६ पला, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त षष्ठी । रेवती नक्षत्र, ४८ घडी ५१ पला, रातको २ बजेर २४ मिनेट उप्रान्त अश्विनी । सिद्ध योग, ६ घडी १४ पला, बिहान ९ बजेर २१ मिनेट उप्रान्त साध्य । करण–बालव, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन । दिनमान २७ घडी १३ पला । वसन्त पञ्चमी तथा सरस्वती जयन्ती । आज सोमबार सरस्वती पूजाको दिन तपाईँको समय कस्तो चल्दैछ ?, हेर्नुस् राशीफल।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पारिवारिक योजनाहरू सफल भए पनि खर्च बढ्नेछ । विलासी बस्तुहरूमा धनराशी बाहिरिनेछ । रकम जोहो गर्न उठ्नु पर्ने रकम तत्काल उठाउँदा लाभांश गुमाउनुपर्ला । दिगो फाइदाका लागि लगानी गर्ने समय छ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    नयाँ कार्य सुरु गर्न समय राम्रो छ । आम्दानीको स्रोत थपिनेछ । उद्योग र व्यापारमा फाइदा होला । विगतमा गरेका कामबाट पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नेछ । दिगो कामका लागि लगानी गर्ने समय छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सुख सुविधामा खर्च बढ्नेछ । सम्पत्तिमा विवाद हुनसक्ला । प्रतिष्ठित काम गर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ । श्रम परे पनि गरेका कामबाट प्रशंसा पाइनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सवारी साधनमा आकस्मिक धन खर्च हुनेछ । नयाँ काम सुरु गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला । अपेक्षित उपलब्धि प्राप्त नहुन सक्छ । अरुका लागि प्रयोग भइनेछ । मेहनत गर्दा तत्काल सामान्य लाभ भए पनि पछि फाइदा हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आत्मविश्वासले काम लिने समय छ । लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। सफलता पाउन दोहोर्याएर काम गर्नुपर्ला । मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। भौतिक साधन जुट्नेछ । घुमफिर तथा मनोरञ्जनमा खर्च बढ्नेछ । आम्दानी बढ्ने काम सुरु गर्ने समय छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सामाजिक क्षेत्रमा जिम्मेवारी थपिनेछ । भौतिक साधन जुट्ने समय छ । लगनशीलताले अवसर दिलाउनेछ । भविष्यका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    साझेदारी व्यापारमा योजनाको कार्यान्वयन होला । चिताएको काममा अलमल हुनेछ। आफ्ना मिहिनेतबाट अरुले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोस् । व्यवसायमा सामान्य फाइदा हुनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा सिनियरसँग मनमुटाव होला । व्यावसायिक काममा चुनौती झेल्नुपर्ला । यद्यपि, आज सामान्य आम्दानी हुनेछ । दोहोर्याएर गरेमा काम बन्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सोचेभन्दा राम्रो सफलता हात लाग्नेछ । सुख सुविधामा खर्च बढ्नेछ । कारोबार विस्तारको दीगो योजना बन्नेछ। चिताएको काम बन्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कृषि र पशु चौपायाबाट पनि फाइदा हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। यद्यपि, आम्दानीका स्रोत बढ्ने र दीगो फाइदा हुने काम गर्ने समय छ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार व्यवसायमा बुद्धि र विवेक प्रयोग गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com