सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • images
    images
    सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने उद्देश्यले बृहत् फोटो तथा हतियारलगायतका सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

    यही माघ १५ गतेदेखि जङ्गी अड्डामा सञ्चालित सो प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कूल २९ वटा स्टल राखिएका थिए ।

    प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको विकासक्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com