नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा ‘डाटा गोपनीयता दिवस’को अवसरमा प्रतिबद्धता

नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा ‘डाटा गोपनीयता दिवस’को अवसरमा प्रतिबद्धता

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा ‘डाटा गोपनीयता दिवस’को अवसरमा प्रतिबद्धता
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा  बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिबद्धता जनाएका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुृप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरू गोप्य राख्ने प्रतिज्ञा गरेका हुन् । 

    बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले  प्रधान कार्यालय, काठमाडौँमा सम्पूर्ण कर्मचारीहरूलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए । 

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । 

    सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

    हाल यस बैंकले १०० शाखा, ६६ एक्स्टेन्सन काउन्टर, ८ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com