images
Logo
images

देशमा पश्चिमी वायुको प्रभाव : बुधबारसम्म देशभरको मौसम कस्तो रहला ?

देशमा पश्चिमी वायुको प्रभाव : बुधबारसम्म देशभरको मौसम कस्तो रहला ?

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • देशमा पश्चिमी वायुको प्रभाव : बुधबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images

    देशको तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको अवस्था छ।

    सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।मङ्गलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

    बुधबार  देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय