‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले एकैदिन गरे दुई वटा चलचित्र निर्माणको घोषणा

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले एकैदिन गरे दुई वटा चलचित्र निर्माणको घोषणा

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • images
    images
    ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले एकैदिन गरे दुई वटा चलचित्र निर्माणको घोषणा
    images
    images

    काठमाडौँ / ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले दुई वटा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले ‘सक्सेस पार्टी’को आयोजना गर्दै उनले एकैदिन दुईवटा चलचित्र निर्माणको घोषणा गरेका हुन् । 

    उनले “पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ घोषणा निर्माणको घोषण गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी–२’ वि.सं. २०८२ मा र ‘रोल नं १’ २०८३ मा रिलिज गर्ने तयारी छ । 

    बालमनोविज्ञानमा आधारित रहेर उनले चलचित्र ‘रोल नं १’ बनाउने तयारी गरिएको बताइएको छ । पूर्ण बहादुरको सारङ्गी सफल भएपछि निर्माता पौडेलले सिक्वेल बनाउने तयारी गरेका हुन् ।

    एक करोड ३० लाख लगानीमा बनेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com